१५ बैशाख २०८१, शनिबार
Follow Us

च्याम्पियन्स लिगमा सिटीको लगातार दोस्रो जीत

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८०, बिहीबार ०६:३७

लन्डन । म्यानचेष्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले लगातार दोस्रो जीत हासिल गरेको हो ।

बुधबार राती भएको खेलमा आरबी लिपजिकलाई ३–१ गोलले पराजित गरेर उसले दोस्रो पटक पनि जीत हासिल गरेको हो । सिटिलाई जित दिलाउनका लागि फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोलको योगदान गरेका छन ।

पहिलो हाफमा देखी नै तिब्र प्रतिस्पर्धात्मक देखिएको खेलको २५ औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटिलाई सुरूवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले मात्र अग्रता कायम गरेको सिटीलाइ खेलको ४८ औं मिनेटमा ओपेन्डाले गोल गरे पछि बराबरीमा टुंग्याइएको थियो । खेलको अन्तिम समयतिर पुगे पछि जुलियन अल्भारेजले खेलको ८४ औं मिनेटमा दोस्रो गोल गरे पछि खेलले २–१को अग्रता लिन सफल भयो ।

सिटी यतिमा रोकिने छाँटकाटमा थिएन र त अतिरिक्त समयको डोकुले थप गोल गरे पछि खेल ३–१ मा टुंगिन पुग्यो । यो जितसँगै सिटी दुई खेलबाट ६ अंकका साथ समुहको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट तीन अंक बनाएको लिपजिक भने दोस्रो स्थानमा रहन पुगेको छ ।