२२ बैशाख २०८१, शनिबार
Follow Us

टिम डा. बद्री केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने घोषणा

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०८०, मंगलवार ०१:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षी बनेका एक उम्मेदवारले अध्यक्षका प्रत्यासी डा. बद्री केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

अमेरिकाबाट सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका रविन बज्राचार्यले टिम डा. बद्री केसीलाई सहयोग गर्न भन्दै उम्मेदवारी नदिने भएका हुन् । उनले मंगलवार अमेरिका र क्यानाडाका महाधिवेसन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।

उनले संघको १९ अक्टोवरमा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
संघको ६ सचिव पदको लागि निर्वाचन हुदैछ । बज्राचार्य अमेरिकास्थित चर्चित र अनुभवी एनआरएन अभियान्ता हुन् ।