२० असार २०८१, बुधबार
Follow Us

एनआरएनए संस्थापक अध्यक्ष डा. महतोद्वारा सहमतिको प्रयास

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०८०, बिहीबार १२:०४

काठमाडौं । यही अक्टुबर १९ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेतृत्व चयनका लागि सहमतिको प्रयास थालेका छन् । अध्यक्षका प्रत्यासीहरुलाई डा महतोले आज बिहीबार आफ्नै निवास विशालनगरमा आमन्त्रण गरेर सहमतिको प्रयास थालेका हुन् ।

सहमतिमा नेतृत्व चयन हुन खोज्दै अध्यक्षका प्रत्यासी डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, आरके शर्मा, रविना थापा र विनय अधिकारी डा. महतोको निवासमा पुगेका थिए ।

डा. महतोले सबै प्रत्यासीलाई आफ्नो कुरा राख्न समय दिएका थिए । यो अधिवेशनमा आफू सबैभन्दा योग्य उम्मेद्वार भएको दलिल पेस गरेका थिए ।

सबैले आ–आफ्नो भनाइ राखेपछि डा. महतोले अघिल्लो अधिवेशनजस्तो संस्थाको मर्यादामा आँच आउन नदिने स्पष्ट पारे । कुनै पनि उम्मेदवारलाई पूर्वअध्यक्षले नबोक्ने स्पष्ट पार्दै उनले भने, ‘सहमतिमा जाऔं, यदि सहमति बन्दैन भने स्वस्थ्य प्रतिस्पर्धामा नेतृत्व चयन हुनुपर्छ ।’

अध्यक्षका उम्मेदवारहरुले संस्थापक अध्यक्ष डा. महतोको जस्तै साझा भूमिका अन्य पूर्वअध्यक्षहरुको पनि हुनु पर्नेमा जोड दिए ।