२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचन : यस्ता छन् टिम डा. बद्री केसीका उम्मेदवार !

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०८०, बुधबार १४:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसीले एनआरएनएलाई पैसा र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका छन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सकेसम्म पैसा र राजनीतिबाट एनआरएन बाहिर जानुपर्छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारण यहाँ हामीले केही पनि चिजको खोलो बगाउन सकेको छैनौं । हामी त्यसअर्थमा सुख्खा लागेका छौं, हाम्रो प्रचारशैली शान्त छ ।’

मंगलबारबाट सुरु भएको एनआरएनएको ११ औं महाधिवेशनमा आगामी नेतृत्वका लागि टिमसहित उम्मेदवारी दिएका केसीले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो टिमका उम्मेदवारको परिचय गराएका थिए । त्यसक्रममा उनले महाधिवेशनमा प्रतिस्पर्धाको नाममा अनावश्यक तामझाम र तडकभडकले संस्थालाई विगारेको बताए । ‘एनआरएनमा तामझाम गरेर जरैदेखि यो संस्थालाई विगार्ने काम भएको थियो । २०२१ मा तामझाम, राजनीतिक रंगले गर्दा २० वर्ष हजारौ मान्छेले गरेको दुख र आबद्ध भएर बनाएको संस्था एकपटक ढलिसकेको थियो । त्यो ढलेको संस्थालाई फेरि उठाउनुपर्नेछ । हामीले कहाँनेर गल्ती ग¥यौं, सच्याएर अगाडि जानुपर्नेछ,’ उनले भने, ‘त्यसैले एकपटक परेर पनि नचेत्ने मान्छेले कहिले पनि प्रगति गर्न सक्दैन । हामी परिसक्यौं, अब चेत्ने समय हो । हामीले तामझाम गरेका छैनौं ।’ आफ्नो टिमका सबै उम्मेदवार शालिन रहेकाले धेरै तडकभडकमा नउत्रिएको उनको भनाइ थियो । आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार केसीले प्रस्तावक र समर्थक नेपाल आइनपुग्दा आफ्नो प्यानलको ८ वटा पदमा उम्मेदवारी खाली रहेको र निर्वाचनपछि मनोनित गरिने जानकारी दिए । आफूहरुको एजेण्डा गैरआवासीय नेपालीलाई सम्पन्न बनाएर त्यसपछि देश समृद्ध बनाउने रहेको उनले बताए । ‘विदेशमा रहेका नेपालीलाई सम्पन्न बनाउने हो । लगातार रुपान्तरण र परिवर्तन मुख्य ध्येय हो । एउटै पोखरीमा रहेर हुँदैन । समृद्ध र रुपान्तर नै हाम्रो एजेण्डा हो,’ उनले भने ।
केसी टिमबाट उपाध्यक्षका उम्मेदवार डा हेमराज शर्माले एनआरएनए महाधिवेशनमा प्रयोग हुने पैसा, शक्ति र राजनीतिक पद्धतिलाई बदल्न अहिले चुनाव पूर्णरुपमा अनलाइन माध्यममा रुपान्तरण गरिएको बताए । ‘सन् २०२१ मा सम्पूर्ण गैरआवासीय नेपालीलाई संघमा आबद्ध गर्दै सबैले गौरव गर्नसक्ने खालको संस्था बनाउने अभियान लिएर डा। केसीको नेतृत्वमा अघि बढेका थियौं । निर्वाचन हुन नसकेपछि सपना अधुरै रहे,’ उनले भने, ‘त्यो सपना पूरा गर्न अहिले त्यही एजेण्डा र करिब त्यही समूह लिएर अहिले आएका छौं ।’
आफू महासचिव चुनिँदै गर्दा त्यतिखेर देखिएको वेथिति सच्याउने प्रण गरेको र अहिलेको चुनावमा त्यसको सुरुवात भइसकेको डा। शर्माले बताए । ‘त्यो बेला महासचिव हुँदै गर्दा देखेको वेथिति अन्त्य गर्न २०२३ को निर्वाचन पूर्णरुपमा अनलाइन गर्छौं, र यसलाई प्रि मेम्बरसीप गर्छौं, आम गैरआवासीय नेपालीले साच्चिकै नेतृत्व प्रक्रियामा भाग लिन सकुन भनेर अनलाइन प्रणालीको परिकल्पना गरेका थियौं,’ उनले भने, ‘पूर्णरुपले हामी सबै प्रतिनिधि सदस्य अनलाइन प्रणालीबाट निर्वाचित गर्ने भन्ने कुरा सम्भव नभए पनि एनआरएनएको इतिहासमै पहिलोपटक अनलाइन प्रणालीबाट निर्वाचन गर्दैछौं । यो सुधारको प्रयास हो ।’

डा. शर्माले विहीबार हुने मतदानमा काठमाडौं आएका प्रतिनिधिहरुले रजिष्ट्रेसन गरेर भौतिक रुपमा उपस्थिति भई विद्युतीय मतदान गर्नुपर्ने र देशबाहिर रहेका प्रतिनिधिहरुले अनलाइनमार्फत भोटिङ गर्नुपर्ने व्यवस्था गरिएको बताए । काठमाडौं आएका प्रतिनिधिलाई विहीबार १० देखि ८ बजेसम्मको समय र बाहिर रहेकालाई बुधबार राति १२ बजेदेखि विहीबार राति १२ बजेगरी मतदानका लागि २४ घण्टाको समय दिइएको छ । ‘इतिहासमै पहिलोपटक हुन लागेको अनलाइन प्रणालीमा काठमाडौं आउँदा हुने विभिन्न खाले प्रभाव, प्रलोभन आउने छैन । आफ्नै घरमा बसेर उम्मेदवारको प्रोफाइल हेरेर छानी छानी तपाइहरुले भोट गर्नसक्नु हुन्छ,’ उनले भने, ‘यो अवसर र डा. बद्री केसी टिमलाई गुमाउनुभयो भने फेरि अवसर आउँछ कि आउँदैन भन्ने म ग्यारेन्टी गर्न सक्दिन । भविष्यमा एनआरएनए सच्चिने दिशामा लैजाने हो र सबै गैरआवासीय नेपालीलाई गोलबद्ध गर्न चाहनुहुन्छ भने हाम्रो टिमलाई मौका दिनुहोस् ।’
महासचिवका उम्मेदवार गौरीराज जोशीले आफूहरु मन मिल्ने साथीहरुको समूह भएको बताए । ‘रुपान्तरण सम्भव छ, गर्न सक्छौं भनेर लागेका छौं । साथीहरुले विश्वास गरेर जिम्मेवारी दिने विश्वास छ,’ उनले भने ।
को को छन् टिममा ?
गैरआवासीय नेपाली संघको अर्को कार्यकालका लागि अध्यक्षका उम्मेदवार डा. केसीको टिममा डाक्टर, इन्जिनियर, वैज्ञानिक, बौद्धिक, महिला, मुस्लिम, युवा समुदायका उम्मेदवार छन् । पत्रकार सम्मेलनमा केसीले आफ्नो समूहमा एनआरएनएमा राम्रो ट्रयाक रेकर्ड बनाएका र सबै राजनीतिक पक्षको संगम हुनेगरी उम्मेदवारहरु रहेको जानकारी गराए । ‘काम गरेर प्रमाणित भइसकेका साथीलाई मात्र टिममा राखेका छौं,’ उनले भने, ‘होनहार व्यक्तिको नेतृत्व गर्न पाउँदा गौरम्वाम्वित छु । सबै क्षेत्र, जात, धर्म, भेगलाई समेटेको छु । सकारात्मक परिणाम आउनेमा आशावादी छु ।’

डा। केसीको टिममा उपाध्यक्ष डा. हेमराज शर्मा, रामशरण शिम्खडा, डा. विनोद श्रेष्ठ, चिरिञ्जीवी घिमिरे, रविन शेरचन छन् । छैटौं उपाध्यक्ष खाली छ, बुधबारै राति १२ बजेभन्दा अगाडि तय गरिनेछ । महिला उपाध्यक्षमा यास्मिन बेगम सैयद, युवा उपाध्यक्षमा रोशन थापा उम्मेदवार छन् ।
महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सन्तोषकुमार भट्टराई, प्रमोद सिटौला छन् । सचिवमा राजेन्द्रप्रसाद पुडासैनी, यज्ञराज सुवेदी, डा. ज्ञानेन्द्र रेग्मी, डा. नवराज रोस्यारा, प्रकाश सापकोटा, पारसमणी पोखरेल र महिला सचिवमा राधिका गुरुङ उम्मेदवार छन् । कोषाध्यक्षमा सुदनकुमार थापा छन् । सहसचिवमा ददी खड्का, सीपी पौडेल, अभिमन्यू बस्नेत, अमृता थापा (कञ्चन) छन् । महिला संयोजकमा अनुजा प्रधान, युवा सयोजकमा सुपेन्द्र केसी उम्मेदवार छन् ।

यसबाहेक क्षेत्रीय संयोजकमा बेदराज बस्नेत (अमेरिका), शिवप्रसाद पौडेल (एशिया) , डा चिरन्जिवी खड्का (यूरोप), केवी हमाल (मध्यपूर्व) उम्मेदवार छन ।

दिनेश पोखरेल र पुष्पराज भट्टराई निर्विरोध भएका छन् । डा विमल सुवेदी, बुद्धिराज घिमिरे, दिपक केसी, महेश अधिकारी, राजु अर्याल, रोबर्ट लिम्बु उम्मेदवार छन् । जनकराज पराजुली, लालप्रसाद पुन, माधव पौडेल पनि उम्मेदवार छन् । अरुण ठाकुर, गोकुल घिमिरे र कमल पाठक निर्विरोध भएका छन् । पूर्ण बानियाँ, सन्जिव श्रेष्ठ र गोविन्द सुवेदी पनि टिम बद्रीको उम्मेदवार छन् ।

क्षेत्रीय महिला संयोजकमा डा इन्दिरा तिवारी, प्रसुना कँडेल उम्मेदवार छन् । इन्दिरा त्रिपाठी, लक्ष्मी गिरी र रेनुका लामा निर्विरोध भएका छन् ।

टिम डा. बद्री केसीका उम्मेदवार

अध्यक्षः १
डा. बद्री केसी
उपाध्यक्षहरुः ६
डा हेमराज शर्मा
रामशरण सिम्खडा
डा विनोद श्रेष्ठ
चिरञ्जीवी घिमिरे
रोविन शेरचन

महिला उपाध्यक्षः १
यासमिन बेगम सैयद
युवा उपाध्यक्षः १
रोशन थापा
महासचिवः १
गौरीराज जोशी
उपमहासचिवः २
प्रमोद सिटौल
सन्तोष कुमार भट्टराई
सचिवहरुः ६
डा नवराज रोस्यारा, पारसमणि पोखरेल, राजेन्द्र पुडासैनी,
यज्ञराज सुवेदी, डा ज्ञानेन्द्र रेग्मी र प्रकाश सापकोटा
महिला सचिव : १
राधिका गुरुङ (टिका)

कोषाध्यक्षः १
सुदन थापा
सहकोषाध्यक्ष : ३
दधिवाल खड्का
सिपी पौडेल
अभिमन्यू बस्नेत
महिला सहकोषाध्यक्षः
अमृता थापा (कन्चन)
महिला संयोजकः १
अनुजा प्रधान
युवा संयोजकः १
सुपेन्द्र घिसिङ

युरोप क्षेत्र
संयोजक : चिरन्जीबी खड्का
उपसंयोजक : रोबोट लिम्बु, राजु अर्याल, महेश अधिकारी
महिला संयोजक : प्रशुना कंडेल
अमेरिका क्षेत्र
संयोजक : बेदराज बस्नेत
मध्यपूर्व संयोजक : कृष्ण बहादुर (केबी हमाल)
उपसंयोजक : जनकराज पराजुली, लालप्रसाद पुन
एशिया क्षेत्रीय संयोजक : शिव प्रसाद पौडेल
उपसंयोजक : बिमल सुवेदी, बुद्धिराज घिमिरे, दिपक केसी
क्षेत्रीय महिला संयोजक : इन्दिरा तिवारी