१२ श्रावण २०८१, शनिबार
Follow Us

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीनमा हृदयघात

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०५:२७

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।  चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

हिजो साँझ छात्तीमा समस्या देखापरे अस्पताल पुगेका उनको coronary artery blockage भएको पत्ता लागेको थियो । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाइ जानकारी गराएका छन् ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।