२९ बैशाख २०८२, सोमबार
Follow Us

आज पनि दसैँको टीका र जमरा लगाइँदै

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०८०, बुधबार ०४:१८

काठमाडौँ । बुधबार (आज) पनि दसैँको टीका र जमरा लगाइँदै छ। मङ्गलवारको शुभ साइतमा टीका थाप्न नपाएकाहरू आज पनि आफन्त कहाँ आसिर्वाद लिन जाने गरेका छन् । टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमा (शनिबार)को दिनसम्म रहन्छ।

कतिपय ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लगाएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने पापाङ्कुशा एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ।

आजका दिन काठमाडौँको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।