२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अहिलेसम्मकै सर्वाधिक असफल गणपत

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८०, सोमबार ०४:३९

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफको पछिल्लो फिल्म फिल्म ‘गणपत’ उनको अहिलेसम्मकै असफल फिल्म सावित भएको छ । दक्षिण भारतीय अभिनेता थालापति बिजयको फिल्म लियोले विश्वभर व्यापारमा नयाँ रेकर्ड बनाई रहेको बेला लियोसँगै रिलिज भएको फिल्म गणपतले सिनेमा हलमा पानी समेत माग्न सकेको छैन ।

लियोको अगाडी यो फिल्मको व्यापारिक अबस्था अत्यन्त नाजुक भएको छ । रिलिज भएको पहिलो साता शुक्रबारसम्म यो फिल्मले भारतको बक्स अफिसमा जम्मान ११ करोड ९५ लाख भारतीय रुपैयाँको मात्र व्यापार गरेको छ । टाईगरका बिगतका फिल्मले एक दिनमा गर्ने व्यापार पनि यो फिल्ममा एक सातामा गर्न सकेको छैन ।

फिल्म गणपतले रिलिजको पहिलो दिन २ करोड ५ लाखको मात्र व्यापार गरेको थियो । दोस्रो र तेस्रो दिन गरि तीन दिनमा यो फिल्मले जम्मा ४ करोड ५० लाखको मात्र व्यापार ग¥यो । लियोले भारतमा बम्पर व्यापार गरिरहेको बेला यो फिल्मको चौंथो दिनको व्यापार भारतमा जम्म १ करोड ३० लाख मात्र भयो । यसरी यो फिल्मले पहिलो सातामा भारतबाट जम्मा ११ करोड ९५ लाख रुपैयाँ मात्र व्यापार गरेको छ ।

निर्माण पक्षका अनुसार यो फिल्ममा दुईसय करोड भन्दा बढीको लगानी रहेको छ । फिल्म यतिसम्म असफल हुन्छ भन्ने आफुहरुले कल्पनासमेत नगरेको निर्माण पक्षले जनाएको छ । फिल्म गणपतप्रति ठुलो आशा गरेको टाईगर यो फिल्मको व्यापार प्रति अहिले निराश भएका छन् । अब उनले सोच विचार गरेर मात्र अर्को फिल्ममा काम गर्ने भएका छन् ।