१९ असार २०८१, मंगलवार
Follow Us

चियापानको निमन्त्रणा दिन एनआरएनए केन्द्रीय कार्यालय पुगेका महेश बस्नेतमाथि दुरव्यवहारको प्रयास

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०८०, मंगलवार १२:५१

लण्डन । नेकपा एमालेले बुधवार आयोजना गर्ने चियापान कार्यक्रममा गैरआवासीय नेपालीहरुलाई निमन्त्रणा दिन पुगेका एमाले नेता महेश बस्नेतमाथि दुरव्यवहार भएको छ ।

मंगलवार गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा निमन्त्रणापत्र सहित पुगेका बस्नेतलाई गैरआवासीय नेपाली संघको पराजित समूहले आक्रमणको प्रयास गरेको बताएको छ ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार सत्ता र शक्तिको आडमा संघको केन्द्रीय कार्यालय कब्जा गर्ने उदेश्यले संघको केन्द्रीय कार्यालय पुगेका आरके शर्मा, बुद्धि सुवेदी, ठाकुर ढुंगाना र गंगाधर गौतमको समूहले सो प्रयास गरेको हो ।

स्रोतले भन्यो संघ सबै राजनीतिक दलसंग बराबर सम्बन्ध राख्न चाहन्छ । यहाँ सबैलाई स्वागत गरिन्छ तर एउटा पार्टीको नेता आउदा यस्तो घट्ना घट्नु दुःख हो ।

उनीहरुले संघको अभियान र केन्द्रीय कार्यालयलाई बदनामा गर्ने उदेश्यले केही फेक पत्रकार लगेर समाचार लेखाउदै आएका छन् ।

ती पत्रकारहरुले संघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई समेत धम्की दिने गरेको स्रोत बतायो ।