१९ मंसिर २०८१, बुधबार
Follow Us

एनआरएनएमा निर्वाचनको परिणाम मान्नुको विकल्प छैन् : बरिष्ठ पत्रकार युवराज घिमिरे (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०८०, बिहीबार १९:३०

लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन परिणामको विवादमा नेपालका एक बरिष्ठ पत्रकारले टिप्पणी गरेका छन् ।

देशसंचारका प्रधानसम्पादक तथा बरिष्ठ पत्रकार युवराज घिमिरेले बुधवार गैरआवासीय नेपाली अभियानको बारेमा आफ्नो टिप्पणीमा निर्वाचनको परिणामलाई अस्वीकार गर्नु लोकतन्त्रको मर्म विपरित बनेका छन् ।

उनले गैरआवासीय नेपालीहरुको लगानीको बारेमा समेत प्रश्न उठाउदै नेपालकै पुँजीको प्रयोग गरेर गैरआवासीय नेपाली लगानी भन्न नमिल्ने बताए । उनले गैरआवासीय नेपालीहरुको लगानी र उनीहरुलाई दिएको सुविधा समेत खोस्न पर्ने अवस्था आउने चेतावनी दिए ।