सुर्खेत । भारतमा भएको सवारी दुर्घटनामा नेपालका पॉचजनाको मृत्यु भएको छ । कर्नाटक राज्यस्थित गुलबर्गा सहरकोअजलपुर तलुका भन्ने स्थानमा भएको सुर्खेत चौकुने गाउँपालिका–७ अमलटाकुराका एकै परिवारका पॉचजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षकाधड्कन छन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले दिएको जानकारीअनुसार दुर्घटनामा रतनकी भाइबुहारी सुस्मिता नेवारको पनि ज्यान गएको छ ।
उनीहरू सवार गाडीलाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको जानकारी आएको विश्वकर्माले बताए । उनीहरु रोजगारीका लागि भारत गएका थिए ।