१९ मंसिर २०८१, बुधबार
Follow Us

एनआरएनए अभियानमा बौद्धिक तथा प्राज्ञिकवर्ग हावी हुदै, १ दर्जन डाक्टरले चुनाव जिते

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०८०, शुक्रबार २०:१९

लण्डन । सधैं व्यापारीहरुको मात्र संस्था हो भन्ने आरोप लाग्ने गरेको गैरआवासीय नेपाली संघको पछिल्लो निर्वाचनले सो आरोपलाई खण्डित गर्ने परिणाम दिएको छ ।

संस्थाभित्र लामो समय देखि व्यापारीहरुले मात्र चुनाव जित्ने परम्परालाई जोड्दै १ दर्जन भन्दा बढी डाक्टरहरु संघको केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।

विश्वव्यापी रुपमा अनलाइन मार्फत भएको निर्वाचनमा मतदाताहरुले अधिकांश प्राज्ञिक व्यक्तिहरुलाई रोजेको तथ्यांकले देखाउछ । गत महिना सम्पन्न निर्वाचन तुलनात्मक रुपमा कम खर्चिलो र कम राजनीतिक हस्तक्षेप भएको अनुमान गरिएको छ ।

पछिल्लो परिणाम अनुसार टिम डा. बद्री केसी समूहबाट उम्मेदवार बनेका अधिकांश उम्मेदवार विजयी भए । विजयी हुनेमा चिकित्सक, प्रोफेसर, लेक्चर र इन्जिनियरहरु छन् ।

अध्यक्षमा डा. बद्री केसी देखि केन्द्रीय सदस्यहरु (आइसीसी) सदस्यहरु सम्म विद्यावारिधि (पिएचडी) प्राप्त गरेका र चिकित्सकहरुले उल्लेख्य रुपमा निर्वाचन जिते ।

हाल संघको केन्द्रीय समितिको उपाध्यक्षमा डा. हेम राज शर्मा, डा. विनोद श्रेष्ठ, डा. केशव पौडेल, सचिवमा डा नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, युरोप संयोजकमा डा. चिरन्जीबी खड्का, एसिया क्षेत्रीय उपसंयोजक डा. बिमल सुवेदी विजयी भएका छन् ।

यस्तै संघको बिभिन्न देशबाट केन्द्रीय सदस्य (आइसीसी) मा निर्वाचित हुनेहरु समेत डाक्टरहरु छानिएका छन् । ती मध्ये डा. भरतराज पौडेल (अष्ट्रेलिया), डा. प्रभा केसी (काजकिस्तान), डा. रोशन शर्मा पौडेल (कोरिया) रहेका छन् ।