२० बैशाख २०८१, बिहीबार
Follow Us

आफैले एनआरएनए निर्वाचन गराएर, आफै धाँधली भन्दै हिड्ने? : परराष्ट्र मन्त्री एनपी साउद

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०८०, शनिबार ०२:०५

लण्डन । परराष्ट्र मन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनको विवादका बारेमा मुख खोलेका छन् ।

अमेरिकाबाट संचालित एक अनलाइनलाई शनिवार दिएको अन्तरवार्तामा मन्त्री साउदले गैरआवासीय नेपाली संघभित्रको विवाद आन्तरिक रुपमा मिलाउन आग्रह गरे ।

उनले भने ‘अरुलाई दोष दिन भन्दा मिलेर आए राम्रो हुन्थ्यो । उहाँहरुले आफैले चुनाव गराउनु भएको हो । हामीले चुनाव गराएको होइन् । चुनाव समिति पनि आफैले बनाउनु भएको हो । भोटिङ मेसिन पनि आफैले राख्नु भएको हो । आफै निर्वाचन गरेर आफै धाँधलि भयो भन्दै हिड्नु भएको छ ।’

उनले निर्वाचन प्रकृयामा सरकार संलग्न नभएको कारणले बोल्न पनि आवश्यक नरेको बताए ।

‘हामी न्यायधिश त होइनौं नी । उहाँहरुले आफैले नैतिकता देखाउनु पर्छ । कानुन र प्रजातन्त्रको संस्कार अनुरुप काम गर्नु पर्छ’ मन्त्री साउदले भने

उनले गैरआवासीय नेपाली संघको विवाद मन्त्रालयमा आएको जानकारी दिदै आवश्यक परे सरकारले कानुन र नियम अनुसार निर्णय गर्ने बताए ।