१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए निर्वाचन छानविन गर्न अन्तराष्ट्रिय कम्पनीलाई दिने प्रस्ताव (पत्रसहित)

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०८०, आईतवार १४:१५

लण्डन । गैरआवासीय नेपाली संघले गत महिना सम्पन्न निर्वाचनको परिणाम घोषणा गर्दा देखिएको प्राविधिक त्रुटीको बारेमा स्वतन्त्र समिति मार्फत छानविन प्रकृया अघि बढाउने भएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा, महेश कुमार श्रेष्ठ र संघका उपाध्यक्ष डा. केशव पौडेललाई पत्राचार गर्दै स्वतन्त्र आईटी अडिटरको लागि प्रतिनिधि
पठाउन आग्रह गरेका छन् ।
यसअघि अध्यक्षका प्रत्यासीद्धयले निर्वाचनको परिणाम सार्वजनिक प्रकृयाका बारेमा छानविन गर्न समय माग गरेका थिए ।

पत्रका संघको ९२ औं आईसिसि बैठकको निर्णय अनुसार निर्वाचन परिणाम सुनाउनेक्रममा भएको प्राविधिक त्रुटी पहिचान गर्न स्वतन्त्र आईटी अडिट गर्नको लागि एक अन्तराष्ट्रिय स्तरको कम्पनी जसमा नेपाली एवं गैरआवासीय नेपालीहरुको आबद्धता नभएको स्वतन्त्र आईटी कम्पनी प्रस्तावको लागि आग्रह गरिएको छ ।

संघको ११ औं महाधिवेसनमा अध्यक्ष डा. बद्री केसी निर्वाचित भए पछि पराजित समूहले स्वघोषित रुपमा नयाँ कार्यसमिति गठन गरेको दावी गरेको थियो ।