१५ असार २०८१, शुक्रबार
Follow Us

‘एनआरएनए भूकम्प राहत कोष’ मा को कोले सहयोग गरे (नामावली सहित)

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०८०, आईतवार १५:२३

लण्डन । गैरआवासीय नेपाली संघले जाजरकोट भूकम्प पिडितको लागि आर्थिक संकलनलाई तिब्रता दिएको छ ।
संघका कोषाध्यक्ष सुदन थापाका अनुसार आर्थिक संकलनको सुरुआतमा ८६ जना दाताहरुले सहयोगको घोषणा गरेका छन् । थापाका अनुसार पहिलो चरणमा संघका पदाधिकारीहरुले व्यक्तिगत रुपमा सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

गैरआवासीय नेपाली संघले राष्ट्रिय समितिमा संकलन हुने भूकम्प पिडितको सहयोग समेत प्रभावकारी रुपमा परिचालन गर्न संयन्त्र गठन गरेको छ ।
संघले भोलि सोमवार देखि भूकम्प पिडित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरण गर्ने तयारी गरेको छ ।

संघका कोषाध्यक्ष थापाद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (कार्तिक १७ २०८० तदनुसार ३ नोभेम्बर २०२३) गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्पमा परी ज्यान गुमाएका हरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ ।
भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गर्न प्रभावित स्थान तर्फ गैरआवासीय नेपाली संघको टोली प्रस्थान गरिसक्नु भएको छ। ।
अहिले सहयोग रकम आऊने क्रममा छ ,यहाँ हरु बाट आर्थिक सहयोग तथा सुझाबको आसा गरेका छौ ।
बैंक खाता :
Name: NRNA Emergency Fund
A/C No: 024010010000633
Bank: Sanima Bank Limited
Branch: Naxal, Kathmandu
Swift: SNMANPKA
सुदन थापा,
कोषाध्यक्ष
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद