११ फाल्गुन २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ‘प्रचण्ड’ र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०८०, सोमबार ०६:३२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’सँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।