१२ श्रावण २०८१, शनिबार
Follow Us

राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सिइओमा महेश रिमाल नियुक्त

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ११:४५

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको हो ।

कम्पनी सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको पहिलो बैठकले कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ । बैठकले नायब महाप्रबन्धक रिमाललाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को कार्तिक १६ को बैठकले संस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार रुपैयाँ कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय गरेको थियो ।