१३ चैत्र २०८१, बिहीबार
Follow Us

पाठेघरको अपरेशनपछि महिलाको मृत्यु, स्वास्थ्यकर्मी पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०८०, बुधबार १३:३७

काठमाडौँ । रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव महारालाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका-८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो ।

तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपराह्न ५ बजे उक्त अस्पताले वीरगञ्ज पठाएको थियो । वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।