६ श्रावण २०८१, आईतवार
Follow Us

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने, एनआरएनएसंग सहकार्य गर्ने

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०८०, बुधबार २३:१४

लण्डन । प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले युरोपमा रहेका मञ्चका राष्ट्रिय कमिटीहरुले देखाएको सक्रियताबाट संकलन गरी छिटोभन्दा छिटो भूकम्प पीडितहरुलाई दिइने निर्णय भएको छ ।

संयोजक गुरुङले बैठकमा उपस्थित युरोप कमिटिका पदाधिकारी तथा राष्ट्रिय कमिटिका पदाधिकारीहरुलाई यस विषम परिस्थितिमा मातृभूमिमा परेको यो क्षतिमा आ–आफ्नो तर्फबाट योगदान दिन पनि निर्देशन दिए ।

प्रमुख अतिथि प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पा, मञ्च अन्तराष्ट्रिय कमिटी सल्लाहकार समिति उपाध्यक्ष तथा एनआरएनका नवनिर्वाचित उपाध्यक्ष रामशरण सिम्खडा, प्रवासी नेपाली मञ्च स्कुल विभाग प्रमुख गोविन्द पौडेल लगायत युरोपस्थित प्रवासी नेपाली मञ्चसंग आबद्ध व्यक्तिहरु र राष्ट्रिय कमिटीका अध्यक्ष तथा सचिवहरुको उक्त बैठकमा बाक्लो उपस्थित थियो ।

अबको ३ हप्तासम्म राष्ट्रिय कमिटीहरुबाट सहयोग संकलन गर्ने र गैरआवासीय नेपालीसँग मिलेर सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।