२५ आश्विन २०८३, आईतवार
Follow Us

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८३, आईतवार १०:२४

काठमाडौं । कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी अग्रता कायमै राखेका छन् । ३ हजार ४३५ मतगणनामा उपसभापति (खुला) तर्फ डा. भण्डारीले १६९६ मत प्राप्त गरेका छन् । उपसभापतिमा ई. मधु आचार्यले १०९० मत प्रप्त गरेका छन । त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा.डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस १५औँ महाधिवेशन ३ हजार ४३५ मतगणना
केन्द्रीय उपसभापति (खुला)

1. डा. चन्द्रकान्त भण्डारी — १,६८६
2. ई. मधु आचार्य — १,०९०
3. सुरेन्द्रराज पाण्डे — ९५५
4. गोविन्द भट्टराई — ९४१
5. धनराज गुरुङ — ७१९
6. दीपक गिरी — ४९७
7. प्रा. डा. चन्द्रमोहन यादव — २९९

केन्द्रीय उपसभापति (समावेशी)
1. बिनोद कुमार चौधरी — ८९६
2. जीवन परियार — ८२९
3. फरमुल्लाह मंसुर — ४६९
4. रंजीत कर्ण — २७०
5. सीता गुरुङ — २५१

केन्द्रीय महामन्त्री (खुला)
1. प्रदीप पौडेल — २,०५५
2. उदयशमशेर राणा — १,१५९
3. डा. सुनिलकुमार शर्मा — ९३४
4. अमरसिंह पुन मगर — ८१९
5. गुरुराज घिमिरे — ६७८
6. नैनसिंह महर — ४२८
7. शंकर तिवारी — ८२
8. डा. सन्तोष उपाध्याय — ४९

केन्द्रीय महामन्त्री (महिला)
1. डा. डिला संग्रौला (पन्त) — १,५१७
2. महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
3. रीता खनाल — ३६५

धेरै पढिएको