५ फाल्गुन २०८१, सोमबार
Follow Us

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनए स्वास्थ्य शिविर

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०८०, शुक्रबार १५:३५

लण्डन । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार संघले शनिवार निम्ना गाउँ, जाजरकोटमा सो शिविर गर्ने तयारी गरेको हो ।
संघले मेडिकल, स्वास्थ्य र मानसिक स्वास्थ्य सहायता उपलब्ध गराउन लागेको हो । विहान १० बजे देखि शुरु हुने सो शिविरमा डा भूपेन्द्र मल्ल, डा प्रभात अधिकारी र डा. शमीक्षा मल्लको चिकित्सकहरुको टोलि खटिएको छ । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको टोलीले सो क्षेत्रमा भूकम्पबाट प्रभावितहरुको लागि राहत सामग्री वितरण गरेको थियो ।