३१ असार २०८२, मंगलवार
Follow Us

नेपाल प्रहरीका पाँच अधिकारी प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८०, शनिबार ०५:४२

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको पाँच एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा वसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीर बहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिएका छन् ।

धेरै पढिएको