१२ श्रावण २०८१, शनिबार
Follow Us

गाजामा तत्काल युद्धविरामको माग गर्दै बेलायतमा विशाल प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०८०, आईतवार ०६:१८

लन्डन । गाजामा युद्ध विरामको माग गर्दै बेलायतको राजधानी लण्डनको मध्यभागमा विशाल प्रदर्शन गरिएको छ । प्यालेस्टाइन समर्थकहरुले आयोजना गरेको प्रदर्शन इजराइल गाजा युद्ध शुरु भएयताकै सबैभन्दा ठूलो प्रदर्शन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदर्शनमा झण्डै ३ लाख जना सहभागी थिए । प्रदर्शनमा सहभागी मध्ये १ सयजनाभन्दा बढी पक्राउ परेका छन् । अधिकारीहरुले प्रदर्शनकारीहरुको अराजकताको सामना गर्नुपरेको समेत बताएका छन् । प्रदर्शनमा केही अति दक्षिणपन्थीहरु समेत सहभागी भएको बताइएको छ ।

प्रदर्शनकारीहरुले प्रहरी अधिकारीहरुलाई हप्काइरहेको र उनीहरु विरुद्ध नै नाराबाजी गरेको दृश्यहरु समेत सार्वजनिक भएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले अपराधिकताले सशस्त्र बलको अनादर गर्ने बताउनु भयो । प्रदर्शनकारीहरु प्रहरी माथि नै जाइ लागेको भन्दै उनीहरुको निन्दा समेत गर्नुभयो ।