डिएन खराल ।
लण्डन । वेलायत बस्ने नेपालीहरुले तिहारको तेस्रो दिन गाई पूजा गरेका छन्।
कात्तिक कृष्णऔँसी अर्थात गाईतिहारका दिन मंगलवार देवी लक्ष्मीको प्रतीकस्वरूप यार्डली सोलिहुल नेपाली परिवार बेलायतको सकृयतामा बर्मिघममा गाईको पूजा गरिएको हो ।
सेल्डोन काउन्टि पार्क एण्ड वल्र्ड रेक्टोरी फाममा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन्।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ।
तिहारको चौथो दिन मङ्गलबार गोरुपूजारगोवद्र्धन पर्वतको पूजा गर्ने परम्परालाई बेलायतबासी नेपालीले निरन्तरता दिएका हुन् ।
गाई पूजामा पदम शाही, देबेन्द्र कार्की, प्रेम घिमिरे, गोकर्ण हुमागाई, तारा काफ्ले, राम प्रसाद नेउपाने, कृष्ण ढकाल, रामप्रसाद सापकोट, ऊषा थापा, कोलेश्वर ढकाल, भोजराज भण्डारी र सन्तोष न्यौपाने लगायतको उपस्थिति थियो ।