१२ श्रावण २०८१, शनिबार
Follow Us

विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायली सुरक्षा फौजद्वारा पुष्टि

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८०, सोमबार ०६:१३

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर लगेकाहरु मध्यमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ ।

अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले जोशीलाई पनि बन्धक बनाएर लगेको हो । इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै जोशीलाई हमासले बन्धक बनाएको जानकारी दिएको हो ।

इजरायलको किबुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको दूतावासले बताएको हो ।

दूतावासले विपिनको पछिल्लो अवस्थाबारे भने यकिन गर्न नसकिएको जनाएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको बताउँदै इजरायलस्थित नेपाली दूतावासले खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

यसैबीच, हमासले बन्धक बनाएकाहरुलाई गाजाको अल-शिफा अस्पताल लगिएको दाबी इजरायली सेनाले गरेको छ । सेनाले सीसीटीभी फुटेज सार्वजनिक गर्दै सो दाबी गरेको बीबीसीले जनाएको छ ।