१३ बैशाख २०८१, बिहीबार
Follow Us

बोराभित्र महिला र पुरुषको शव भेटियो

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८०, बुधबार १३:०८

काठमाडौँ । बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार भरतपुरमा महिला र पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका-१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा शव भटिएको खबर स्थानीयले प्रहरीलाई गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।

जुटको बोराभित्र भेटिएकोको शव अन्दाजी ३० वर्षका महिला र पुरुषको रहेको डीएसपी पण्डितको भनाइ छ । शवको प्रकृति हेर्दा चार-पाँच दिनअघि घटना भएको हुनसक्ने देखिएको उनले बताए । शवको सनाखत भइनसकेको पनि उनले जानकारी दिए ।

खोलामा माछा मार्दै गरेका स्थानीयले गन्ध आएपछि खोज्ने क्रममा बोराभित्र शव भेटिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।