काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले सोमबार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
गृहमन्त्री गुरुङ ८ भदौ (भोलि) पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा सुन्ने रास्वपाले जनाएको छ । कार्यक्रम साँझ ५ बजेपछि सञ्चालन हुनेछ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने जनाइएको छ । पहिलो चरणमा नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन् । दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ ।