१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रशासनको निगरानीमा दुर्गा प्रसाईँ, घरमा प्रहरी परिचालन

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८०, शुक्रबार ०६:११

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुरक्षा निगरानीमा राखिएको छ । भक्तपुर थिमीस्थित उनको निवासमा प्रहरी तैनाथ गरिएको छ ।

सुरक्षाका कारण उनलाई थप निगरानीमा राखेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘उहाँको सुरक्षामा पहिलेदेखि नै सुरक्षाकर्मी खटिएकै थिए । अहिले थप निगरानी बढाएको मात्र हो । बाहिर निस्कन बन्देज गरिएको छैन ।’ प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा विरोधका कार्यक्रम गर्ने योजना बनाएको थियो । उक्त कार्यक्रम गर्न अनुमति नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गणतन्त्रविरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो । नेपाल प्रहरीको विशेष कार्यदलको टोलीले अहिले प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनलाई त्यहाँबाट बाहिर निस्कन नदिने प्रहरीको तयारी छ ।