१२ श्रावण २०८१, शनिबार
Follow Us

सबैलाई लिएर म प्रचण्ड र ओलीको घरमा घेर्छौः प्रसाई

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८०, शुक्रबार ०६:२०

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् । हिजो देखी ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’

उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोली तपाईहरुको धनीपुर्जा पनि हुन्न् ।’