१६ बैशाख २०८१, आईतवार
Follow Us

सडकबाटै नेतृत्व लिन खोजियो : डा. बद्री केसी, अध्यक्ष, एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
९ मंसिर २०८०, शनिबार १९:३८

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको नेतृत्व लिन मतदाताको मन जित्नु पर्ने बताएका छन् ।

डा. केसीले शनिवार एक अनलाइनलाई दिएको अन्तरवार्तामा संघको गत महिना सम्पन्न निर्वाचनमा कुनै पनि त्रुटीहरु नदिए पछि पराजित समूहले सडकबाट संस्थाको नेतृत्व दावी गरेको बताए ।

उनले संघको १० औं महाधिवेसनमा देखिनै एउटा समूहले निर्वाचन प्रकृयाबाट नेतृत्व स्थापित हुन नसक्ने देखेर संस्थामा तीन वटा अध्यक्षको अवधारणा ल्याएको बताए । उनले सोही समूहले ११ औं महाधिवेसमा भएको पराजयलाई अस्वीकार गरेको बताए ।

डा. केसीले संघको निर्वाचनका सबै प्रकृया पुरा गरे पछि मात्र भेरो कम्पनीले अन्तिम परिणाम दिए पछि संघको निर्वाचन समितिले सपथ दिन आग्रह गरेको बताए ।

उनले संघको निर्वाचनमा भएको विवादको आरोपलाई अन्तराष्ट्रिय कम्पनी मार्फत अडिट गर्ने आफ्नो प्रस्तावलाई समेत पराजित समूहले अस्वीकार गरे पछि नै निर्वाचन स्वतन्त्र र निश्पक्ष भएको पुष्टि भएको बताए ।