१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचनमा गम्भीर त्रुटी देखिएन् : सीआईबी

नेपालब्रिटेन डट कम्
१० मंसिर २०८०, आईतवार ०५:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न अनलाइन मतदानको विषयमा छानविन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो रिर्पोट बुझाएको छ । गतसाता प्रधानमन्त्री कार्यालयमा पुगेको सो रिर्पोटमा संघको निर्वाचनमा गम्भीर त्रुटी वा सर्रभर ह्याकको सम्भवना नरहेको निष्कर्ष निकालिएको छ ।

स्रोतका अनुसार सीआईबीले निर्वाचनका क्रममा प्राप्त गुनासाहरुको फेरहिस्सा आफ्नो छानविन रिपोटमा समेटेको बुझिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबीले छानविनको प्रकृया सुरु गरेको थियो । निर्वाचनमा सरकार पक्षीय सबै उम्मेदवार पराजीत भएपछि गृहमन्त्रालयले छानविनको लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

४ हप्ता लामो छानविनका क्रममा सीआईबीले गैरआवासीय नेपाली संघको कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, आईटी प्रमुख महेश श्रेष्ठ, निर्वाचन आयुक्त यादव ढुंगान, अष्ट्रेलियन कम्पनी भेरो लगायतसँग बयान लिएको थियो । बयानका क्रममा सीआईबीले पराजित समूहले उठाउँदै आएका तर्कहरुमा केन्द्रीत रहेर अनुसन्धान गरेको थियो ।

सीआईबीले आफ्नो प्रतिवेदनका कुनै एक व्यक्ति वा संस्थाले सरर्भर ह्याक गरेर निर्वाचन प्रणालीमा हस्तक्षेप गरेको भन्ने आशंकालाई चिर्दै कसैलाई पनि दोषी ठहराएको छैन् । सो रिर्पोटले अनलाइनमार्फत हुने निर्वाचनमा बाह्य हस्तक्षेप हुनसक्ने सम्भवना रहने सुझाव दिएको छ ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनमा नेतृत्वको लागि निर्वाचनमा उत्रेका अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले सो निर्वाचनको परिणामलाई अस्वीकार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणाकाजी श्रेष्ठकोमा पुगेका थिए ।

निर्वाचनमा अध्यक्षको प्रत्यासी रहेका आरके शर्मा समूहले सरकारकै दवावमा निर्वाचित कार्यसमितिलाई विस्थापित गर्न सकृय रहेको बुझिएको छ । गृहमन्त्रालयको दवावमा प्राप्त सीआईबीको रिपोटका आधारमा निर्वाचित कार्यसमिति खारेज गर्ने भन्दै संघका पूर्वअध्यक्ष कुल आचार्य, पूर्वउपाध्यक्ष महेश श्रेष्ठ लगायत एनआरएनए माओवादी नेताहरु अहिले काठमाडौंमा सकृय रहेका छन् ।

उनीहरुले परराष्ट्र मन्त्री एनपी साउदको सहयोगमा निर्वाचित कार्यसमिति माथि अंकुश लगाउने प्रयास जारी राखेका छन् तर परराष्ट्र मन्त्रालयले भने गैरआवासीय नेपाली संघको निर्वाचन प्रकृयामा हस्तक्षेप गर्न कानुनी आधारहरु खोजेको छ ।

यसअघि अमेरिका भ्रमणमा रहेको मन्त्री साउदले आफ्नै निर्वाचन गरेर आफै धाँधली भयो भन्दै हिड्नु कुनै अर्थ नरहेको बताउँदै मन्त्रालयले कानुन अनुरुप काम गर्ने भन्दै यो विवादमा पर्न चाहेका थिएनन् ।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले शनिवार एक अन्तरवार्तामा एक अन्तराष्ट्रिय स्वतन्त्र कम्पनीमार्फत सो निर्वाचनको प्रकृयाका बारेमा अडिट गर्न तयार रहेको बताएका छन् । उनले सो निर्वाचनमा कहिकतै धाँधली भएको भन्ने कानूनी रुपमा पुष्टि भए आफूले राजिनामा दिने घोषणा गरेको छ ।

एनआरएनए निर्वाचनमा अष्ट्रेलियन दूतावासको चासो
गैरआवासीय नेपाली संघको गत महिना सम्पन्न निर्वाचनको विषयमा नेपालस्थित अष्ट्रेलियन दुतावासले चासो राखेको बताएको छ । अष्ट्रेलियन कम्पनी भेरेले गरेको निर्वाचन परिणामलाई पराजित समूहले अतिरन्जित गरेपछि दुतावासले आफ्नो देशकै प्रतिस्ठामा आँच आउने भन्दै सरकारलाई सजग गराएको हो ।

निर्वाचन गर्ने जिम्मा लिएको भेरो कम्पनीले निर्वाचनको परिणाम सुनाउदै निर्वाचनका क्रममा कुनै पनि कमजोरी देखिमा आफू संसारको जुनसुकै अदालतमा पनि उपस्थित भएर जवाफ दिने बताएको थियो ।