१४ असार २०८१, बिहीबार
Follow Us

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई एनआरएनएको १० लाख सहयोग

नेपालब्रिटेन डट कम्
११ मंसिर २०८०, सोमबार १६:४४

लण्डन । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने समेत निर्णय गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार बसेको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा राष्ट्रिय टिमलाई हार्दिक बधाई ज्ञापन गरेको छ । खेलाडीहरुको सम्मानको लागि संघले तत्काल रु १० लाख सहितले सम्मान गर्ने निर्णय गरेको छ।

बैठकले पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेकोे छ ।

यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा र सुस्मा दाहाल, ज्योति न्यौपाने र प्रतिभा भण्डारी माल्टाको महिला राष्ट्रिय क्रिकेट टिममा छनोट हुनुभएकोमा उनीहरुको प्रोत्सान स्वरुप जनही रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।