११ श्रावण २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष किन सिंहदबार छिरे ?

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८०, मंगलवार १२:३६

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तमा समसामियक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

छलफलसँगै दुई नेताले रेट्रोफिट गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यालयको अवलोकन समेत गर्नु भएको थियो । पछिल्लो समय कतिपय स्थानमा वर्तमान संविधान र ब्यवस्था विरुद्ध गतिविधिहरु भइरहेकावेला दुई ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।