१२ श्रावण २०८१, शनिबार
Follow Us

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन, सबै सांसद केन्द्रीय सदस्य

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०८०, बुधबार १३:३१

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।

महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा तोकेको छ । पार्टीका सह प्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाईँ रहेका छन् ।

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य मनोनित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा १४ जना सांसदहरूलाई मनोनीत गरेकाे छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेकाे हाे । अब रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।

यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाबाट इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन ।

यस्तै यसअघि केन्द्रीय सदस्य रहेका मोहन बहादुर थापाले राजीनामा दिएका थिए ।