१२ श्रावण २०८१, शनिबार
Follow Us

अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जरको सय वर्षको उमेर निधन

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०८०, बिहीबार ०६:३८

काठमाडौं । पूर्व अमेरिकी विदेशमन्त्री एवं विश्वविख्यात कुटनीतिज्ञ हेनरी किसिन्जरको १ सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरले उच्च अमेरिकी कुटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए ।

किसिन्जरको कनेक्टिकटमा रहेको आफ्नै निवासमा निधन भएको हो । सन् १९२३ मा जन्मिनु भएका किसिन्जर १९४३ मा अमेरिकी नागरिक बन्नु भएको थियो । केही समय हाभर्ड विश्वविद्यालयमा समेत प्राध्यापन गर्नु भएका उहाँलाई सन् १९६९ मा तत्कालिन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए ।

उन सन् १९७३ मा अमेरिकी विदेशमन्त्रीमा नियुक्त भएका थियो । सन् १९७३ मै उहाँलाई नोबेल शान्ति पुरस्कारसमेत दिइएको थियो । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।

किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । जीवनको उत्तरार्धसम्म सक्रिय रहनु भएका किसिन्जरले गएको जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत भेट गरेका थिए ।