१७ असार २०८१, आईतवार
Follow Us

विदेशमा बस्ने नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा सम्म लोकतन्त्र बलियो हुदैन् : प्रधानमन्त्री प्रचण्ड

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०८०, शुक्रबार ०४:११

लण्डन । ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८’ मा सहभागी हुन बिहीबार बिहानै दुबई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना कार्यक्रममा व्यस्त छन्।

उनले बिहीबार साँझै नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गरेका छन्। त्यस कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी नेपालमा भित्राउन दुबईस्थित उद्योगी र व्यवसायीलाई आग्रह गरेका थिए।

अवुधाबीस्थित नेपाली दूतावास र नेपाल उद्योग बा सङ्घले दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा गरेको उक्त कार्यक्रममा पछिल्ला दिनहरूमा वैदेशिक लगानी भित्राउन नेपाल सरकारले गरेका नीतिगत र व्यवहारिक सुधारबारे जानकारी गराएका थिए। प्रधानमन्त्री दाहालले नेपालमा पुँजी लगानी गरी त्यसबाट जति सक्यो धेरै प्रतिफल उठाउन आग्रह गरेका हुन।

उक्त कार्यक्रममा युएइका अर्थराज्य मन्त्री अब्दुल्लाह अहमन मोहम्मद अल सालेह पनि सहभागी थिए । उनले दुई देशबिचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाउनका लागि दुई देशबिचको साझेदारी अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

यसै गरी प्रधानमन्त्री दाहालले युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको छुट्टै कार्यक्रममा पनि सहभागी भएका छन्। दुबईस्थित नेपाली समुदाय रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर बसेका नेपालीले भाट हाल्न पाउने व्यवस्था भइरहेको आश्वासन पनि दिए।

विदेशमा रहेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने समेत उल्लेख गरेका थिए। विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर रहेको उनले बताए।

यसअघि प्रधानमन्त्रीले दूतावासको निरीक्षण गरेका। यसबीचमा नेपाली समुदायको हितमा भए गरेका काम कारवाहीको जानकारी लिनुहुँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।