१२ श्रावण २०८१, शनिबार
Follow Us

भारतसँग अस्ट्रेलिया २० रनले पराजित

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०८०, शनिबार ०५:१०

काठमाडौँ । घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी-२० शृङ्खला एक खेल अगावै जितेको छ । शुक्रबार भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराएको हो । ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा अविजित रहे । ओपनर ट्रविस हेडले ३१ रन जोडे ।

भारतका अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि विश्रोई र आवेश खानले समान एकरएक विकेट लिए । त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका रिङ्कु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका बेन ड्वाशिुसले ३ तथा जेसन बेहरनडोर्फ र तनवीर सङ्घाले समान २ विकेट लिए । भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।