९ फाल्गुन २०८०, बुधबार
Follow Us

रास्वपाका नयाँ केन्द्रीय सदस्यको आज शपथ, साँझ सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०८०, बुधबार ०६:२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउन लागेको छ।

महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई आज दिउँसो साढे तीन बजे एक कार्यक्रमकाबीच शपथ गराउने कार्यक्रम रहेको छ।

यस्तै रास्वपाको सचिवालय बैठक आज बस्दै छ। साँझ पाँच बजेका लागि बोलाइएको सचिवालय बैठकमा सबै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण र अन्तरक्रिया कार्यक्रममा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ।