२० बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुलमा सम्झिए नारायण गोपाल

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार १०:३९

लिभरपुल । लिभरपुलस्थित नेपाली समुदायले स्वरसम्राट नारायण गोपालको सम्झनामा एक सांस्कृति साँझको आयोजना गरेका छन् ।

गत आइतवार मेक्सिको घर लिभरपुलमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरुले आआफ्नो प्रस्तुति दिए ।

गायक उज्वल भण्डारीले नारायण गोपालका बिभिन्न गीत गाएर मनोरञ्जन दिलाएका थिए । साथमा स्थानीय कलाकारहरु शिवराज पन्त, प्रविण घिमिरे लगायतले प्रस्तुती दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्मा, इङ्गल्याण्ड राज्य परिषद्का उपाध्यक्ष देउमन इजाम लगायतको उपस्थित थियो ।

कार्यक्रममा लिभरपुल नेपाल समाजका अध्यक्ष डा मनोहर बुढाथोकी धन्यवाद मन्तव्य दिएका थिए । नारायण गोपालको सम्झनामा यहाँस्थित नेपाली समुदायले हरेक वर्ष सांस्कृति कार्यक्रमको आयोजना गर्दै आएका छन् ।