१० असार २०८१, आईतवार
Follow Us

एनआरएनए अभियान्ता यज्ञराज सुवेदीद्धारा १ लाख छात्रवृति सहयोग

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार १३:१६

लण्डन । गैरआवासीय नेपाली संघका सकृय अभियान्ता यज्ञराज सुवेदीले एक विपन्न छात्राको अध्ययनको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली संघ कोरियाको पूर्वअध्यक्ष समेत रहेका सुवेदीले आमा सम्झना दराई पुर्ण रुपमा दृष्टिविहिन रहेकी सन्सिला पुलामि मगरलाई सो रकम सहयोग गरेका हुन् ।

मगर हाल कान्तिपुर डेन्टल कलेज बसुन्धारामा डेन्टल हाइजिन बिषय लिएर अध्ययन गरिरहेकि छिन् । आमा दुष्टिविहिन भएकै अवस्थामा रहेको हुँदा वुवा कोहो सन्सिलालाई केही पनि थाहा छैन् ।

उनको परिवारमा आमा र उनी मात्रै हुन् । धादिङ त्रिपुरा आंगिचोकका उनिहरु अहिले बालाजुमा एउटा सानो कोठामा बस्छन । उनीहरुको आर्थिक अवस्था अति नै दयनिय रहेको थाहा पाए पछि सुवेदीले आफ्नो व्यक्गित तर्फबाट सहयोग गरेका हुन् । सुवेदीले मगरको बाँकी शिक्षा पुरा गर्न सानो सहयोग गर्न पाएकोमा प्रसन्नता प्रकट गर्दै आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आमा सम्झना दृष्टिविहिन भएकोले सहयोगि साथमा लिएर अगरबत्ति बेचेर दिनको ३ सय देखि ४ सय सम्म कमाउनु बाहेक उनीहरुको आयस्रोत केही नभएको बताइएको छ ।

एसईई सम्मको पढाइ केही सहयोगिहरुको साथले पास गरेपछि अहिले पनि सहयोग जुटाउदै डेन्टल हाइजिन बिषय पढिरहेकि छिन् ।

अझै २ लाख ५४ हजार शुल्क तिर्न बाकी रहेकोले उनको अध्ययन शुल्क तिर्नको लागि परोपकारी मन भएकाहरु र गैरआवासीय नेपाली संघलाई सहयोगको लागि अपिल गरिएको थियो । उनको अध्ययनको लागि थप १ लाख ५४ हजार अपुग रहेको छ ।

उनको अध्ययनको लागि आवश्यक सहयोग जुटाउन पत्रकार अनिता बिन्दुले सहजिकरण गर्दै आएकी छन् ।