१२ श्रावण २०८१, शनिबार
Follow Us

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०८०, बिहीबार ०६:५४

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमााडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरिएको हो ।

– खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्ने ।

– विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।