११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

डा. अरुण शाहीलाई यस वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०८०, शुक्रबार १९:२६

काठमाडौँ । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले यसवर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीलाई दिने निर्णय गरेको छ ।
पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम क्यालिफोर्नियामा गत ५ डिसेम्बरमा बसेको एसोसिएशनको सचिवालय बैठकले डा. शाहीलाई यसबर्षको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२३ द्धारा सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्र पत्र रहेको छ ।

एसोसिएशनका अध्यक्ष माधव मरासिनीले पुरस्कार आगामी ९ पुसका दिन पर्वतको हुवासमा एक विशेष कार्यक्रम गरि पुरस्कार हस्तान्तरण गरिने जानकारी दिए । उनले उक्त समारोहमा एसोसिएशनको प्रतिनिधिको उपस्थितिमा नेपालस्थित स्थानीय साझेदार संस्था देउराली फाउण्डेशनको व्यवस्थापनमा हुने बताए ।

पाटन अस्पतालमा कार्यरत शाही क्यान्सर रोगको उपचार तथा सचेतनामा सक्रिय चिकित्सक हुन् । उनकै पहलमा पछिल्लो पटक पाटन अस्पतालमा स्तन क्यान्सरका जटिल बिरामीले प्रयोग गर्ने औषधि राइबोसिक्लिव र लेट्रोजोल भन्ने ट्यावेल नि:शुल्क उपलव्ध हुन थालेको छ ।

डा शाहीले पुरस्कृत भएकोमा खुशी व्यक्त गर्दै एसोसिएसनलाई धन्यवाद दिए । पुरकारका लागि छनौट भएको भन्ने जानकारी आएको छ । ‘पुरस्कृत हुनु आफैमा खुशीको कुरा हो । यसले क्यान्सर रोग उपचार तथा रोकथामका लागि अझ् सक्रिय हुनका लागि दायित्व थपेको महसुस भएको छ,’ डा. शाहीले भने ।
एसोसिएसनले गतवर्ष अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनलाई प्रदान गरेको थियो ।