२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए राष्ट्रिय समितिहरु पुर्नरगठन गर्ने तयारी

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०८०, शनिबार १९:२०

लण्डन । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरु पुर्नरगठन गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको गत अक्टोवरको निर्वाचन परिणाम नमान्ने राष्ट्रिय समितिहरुमा नयाँ तर्दश समिति गठन गरेर अघि बढ्ने तयारी गरिएको हो ।

‘बिभिन्न देशमा तठस्त बस्ने, संघको अन्तराष्ट्रि समितिको निर्देशन नमान्ने लगायतका निर्णयहरु भएको सुन्नमा आएका छन् त्यस्ता एनसीसीहरु विद्यानत स्वतः खारेज हुन्छन् ‘ जोशीले शनिवार नेपालब्रिटेन डट कमसंग बताए ।

‘फेसबुकमा वक्तव्य जारी गरेर, हल्लामच्चाएर मात्र हुदैन् , संघको आबद्धता नचाहिने हो भने संघको केन्द्रीय कार्यालयलाई जानकारी दिनु पर्छ ।’ उनले भने ‘कार्यसमितिले आबद्धता फिर्ता लिए पनि संघका पन्जिकृत सदस्यहरु भने संघ विधानअनुरुप आइसीसीकै माताहतमा रहने छन्।

उनले संघको आबद्धता तोड्न चाहने राष्ट्रिय समितिलाई लिखित रुपमा आइसीसीमा पत्राचार गर्न समेत आग्रह गरे ।

उनले गैरआवासीय नेपाली संघका केही राष्ट्रिय समितिमा पहिले देखिनै समस्या देखिए पनि टालटुल गरेर अघि बढ्दा सधैं समस्या आएको बताए ।

गैरआवासीय नेपाली संघको विधान अनुसार राष्ट्रिय समितिहरुले संघको आबद्धता अनिवार्य रुपमा लिन पर्ने प्रावधान रहेको छ ।

जोशीले संघको जनवरी महिनाको तेस्रोसाता बस्ने बैठकले आइसीसीको आबद्धता अस्वीकार गर्ने राष्ट्रिय समितिमा नयाँ कार्यसमिति गठन गर्ने निर्णय गर्ने बताए ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेको निर्वाचित कार्यसमितिले केन्द्रको निर्देशन नमाने पछि निर्वाचित कार्यसमिति खारेज गरेर नयाँ तर्दश समिति गठन भएको थियो ।

गैरआवासीय नेपाली संघका विश्वभर ८७ देशमा राष्ट्रिय समिति गठन भएका छन् ती मध्ये ६० देशका राष्ट्रिय समितिहरु सकृय रहेका छन् ।