२० बैशाख २०८१, बिहीबार
Follow Us

`जाम हिड साईली’ मा गौरव र रजनी

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८०, आईतवार ०६:१९

गीत ‘जाम हिड साईली’ सार्वजनिक गरिएको छ ।स्वरुप राज आचार्य र गायिका शान्ति श्रीस मगरको स्वरमा उक्त गीत रिलिज गरिएको हो । गीतमा सुरेश राना मगरको शब्द तथा संगीत रहेको छ । संगीत संयोजना भने एचबिएन किस्मतले गरेका हुन् ।भिडियोमा मौसम हिमालीले निर्देशन रहेको छ ।

भिडियोमा अभिनेता गौरब पहाडी र अभिनेत्री रजनी गुरुङले अभिनय गरेका छन् । अभिनेता गौरब परदेश जानेसमयमा छुट्नुपर्दाको पिडा भिडियोमा देख्न सकिन्छ ।भिडियोमा गौरब मगर र अन्जु गुरुङको पनि अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।