१२ श्रावण २०८१, शनिबार
Follow Us

रास्वपा अध्यक्ष रवि लामिछाने लन्डनमा

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८०, आईतवार ०८:२२

लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आइतबार बिहान लन्डन आइपुगेका छन् । उनलाई रास्वपा समर्थक प्रवाश नेपाली सम्पर्क यूकेले हिथ्रो विमानस्थलमा स्वागत गरेको थियो । चार दिने भ्रमणका क्रममा लामिछानेले नेपाली समुदायासँग अन्तरक्रिया र बेलायती राजनीतिज्ञहरुसँग भेट्ने कार्यक्रम तय भएको छ ।

आजै लामिछानेले स्वीन्डनका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने प्रवक्ता विष्णु चालिसेले जानकारी दिए । डिसेम्बर ११ तारिख दिउँसो बर्मिङहममा आयोजना हुने अन्तरक्रियामा भाग लिने सभापति लामिछानेले भोलिपल्ट मंगलबार बिहान साउथ इष्ट लन्डन र बेलुका अल्डरसटको एम्पायर हलमा स्थानीय नेपालीसँग अन्तरक्रिया गर्नेछन्।

डिसेम्बर १३ बुधबार बिहान दूतावासमा छलफल कार्यक्रम छ भने अपरान्ह बेलायती संसद भवनमा राजनीतिक भेटघाट तय गरिएको छ। सो क्रममा लामिछानेले बेलायती छांया विदेशमन्त्री, बेलायती सांसद एवं राजनीतिज्ञहरुलाई भेट्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जनाए।