११ श्रावण २०८१, शुक्रबार
Follow Us

दोलालाघाटमा माछा तारेर नेताहरुलाई खुवाउँदै ओली

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८०, सोमबार १३:१९

काठमाडौं । नेकपा एमालेले संचालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’मा रहनु भएका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यात्राका क्रममा विभिन्न गतिविधिहरु सहभागी हुँदै आउनु भएको छ । उहाँका विभिन्न क्रियाकलापहरु लाई लिएर सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आइरहेका छन्।

एमाले नेतृत्व तथा स्थानीय कार्यकर्तासहितको टोलीले आज काभ्रेपलाञ्चोकबाट एक सय ६० किलोमिटरको दूरी पार गर्दै सिन्धुपाल्चोक, दोलखा र रामेछापका कार्यक्रममा सहभागिता जनाउँदै छन् । यसक्रममा आज पार्टी अध्यक्ष ओलीले दोलालाघाटमा आफैले माछा तारेको फोटो सार्वजनिक गर्नु भएको छ ।

“इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ। यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ,” ओलीले फेसबुकमा लेख्नु भएको छ ।

यसअघि सुर्खेतका एक नौ बर्षीय बालकले हामी पनि पेट पाल्न विदेश जानुपर्ने हो भनि ओलीलाई लेखेकाे पत्रमा थुप्रै प्रतिक्रियाहरु आएका थिए ।

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि आरम्भ भई आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने उक्त यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीसहित दैनिक नियमित कम्तीमा दुई सयको रहेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।