११ श्रावण २०८१, शुक्रबार
Follow Us

सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८०, सोमबार १३:२२

काठमाडौं । दलहरु भित्र आन्तरिक रुपमा सरकारको कामकारवाहीलाई लिएर असन्तुष्टि व्यक्त भइरहेका बेला सत्तारुढ प्रमुख तीन दलका शीर्ष नेताहरु बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

भेटवार्तामा सरकारका कामकारवाही, आसन्न राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिकविषयमा छलफल भएको बताइएको छ ।