१२ श्रावण २०८१, शनिबार
Follow Us

वायु सेवा निगमका अधिकृत पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०८०, मंगलवार १२:५६

काठमाडौँ । नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सोमबार अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।

एसपी रबिन्द्र रेग्मीका अनुसार भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको हो।

प्रहरीका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान जारी छ । निगमका अन्य अधिकारीको संलग्नता बिना भिजिट भिसामा कामदार पठाउन सम्भव नरहेको भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।