१२ श्रावण २०८१, शनिबार
Follow Us

विवाहपञ्चमी महोत्सवमा आज रामले धनुष भाँच्ने

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०८०, बिहीबार ०६:३४

जनकपुर । जनकपुरधाममा विवाहपञ्चमी महोत्सवअन्तर्गत आज विवाह पञ्चमी थालनी भएको पहिलो दिन राम बनेका व्यक्तिले धनुष भाँच्ने कार्यक्रम रहेको छ ।

महोत्सव अन्तर्गत भोलि तिलकोत्सव, पर्सी मटकोर र छैठौँ दिन स्वयंवर गरेर रामसीताको विवाह उत्सव सम्पन्न हुन्छ। यसपटक विवाह पञ्चमी महोत्सवमा नेपाल र भारतबाट ठूलो संख्यामा दर्शनार्थी पुगेका छन् । महोत्सवलाई मर्यादित बनाउन जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

भोलि शुक्रबारदेखि आइतबारसम्म भने जनकपुरमा स्थानीय प्रशासनले माछा, मासु र मदिरा बिक्रीमा रोक लगाएको छ। विवाह पञ्चमी महोत्सव अन्तर्गत छैठौँ दिन आइतबार रामसीताको स्वयंवर गरिएसँगै त्यसको भोलिपल्ट सोमबार जन्तीहरुलाई भोजन खुवाएर वस्त्र वितरण गरिन्छ।

उनीहरुलाई यससँगै दक्षिणा दिएर बिदाई गरेपछि साताव्यापी विवाहपञ्चमी महोत्सव औपचारिक रुपमा समापन हुन्छ ।