१२ श्रावण २०८१, शनिबार
Follow Us

प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष पोखरेल पक्राउ

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार ०६:२५

दाङ, १ पुस– प्रहरीले प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल पक्राउ परेका छन् ।

दाङमा शुक्रबार राति प्यूठानका दुई युवकको टिपरको ठक्करबाट मृत्यु भएको विरोधमा प्रदर्शनमा उत्रिएका उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

उनीसँगै प्यूठानकै नौबहीनी गाउँपालिका–६ का वडाअध्यक्ष मानबहादुर केसी पनि पक्राउ परेका हन् । मृतक परिवारवरलाई क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग राखेर पोखरेल र केसीको नेतृत्वमा मृतकका आफन्त आइतबार बिहानैदेखि घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले पीडितलाई क्षतिपूर्ति र टिपर चालकमाथि कारबाही नभएसम्म शव नउठाउने चेतावनी दिएका छन् । सहमतिका लागि मृतक परिवार र टिपर व्यवसायीबीच स्थानीय प्रशासन र प्रहरीको समन्वयमा भएको वार्तामा सहमति नजुटेपछि पीडित आन्दोलनमा उत्रिएका हुन् ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा शुक्रबा राति ठक्कर दिएको थियो ।

त्यस क्रममा प्यूठानको झिमरुक गाउँपालिका–४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भाज्ना नौवहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको ज्यान गएको थियो । प्रहरीले ठक्कर दिने टिपर चालक रुन्टीगढी गाउँपालिका–९ रोल्पाका का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।