१२ श्रावण २०८१, शनिबार
Follow Us

एक सय वर्षका हरिलाल पञ्च सम्मानित

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार १३:२८

भक्तपुर । एक सय वर्ष पुगेका भक्तपुरका हरिलाल पञ्च सम्मानित भएका छन् । भीमेश्वर बचत तथा श्रृण सहकारी संस्था लिमिटेड सूर्यविनायक ६ सूर्यविनायक भक्तपुरले उनलाई सम्मान गरेको हो । संस्थामा आवद्ध एक सय वर्ष पुगेका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा हरिलाल सम्मानित भएका हुन् ।

हरिलालको पुख्र्यौली बसोबास भने भक्तपुर नगरपालिका वडा नं २ (साविकको वडा नं १७) इटाछे. हो । अहिले उनी आफनो पत्नीसहित कान्छो छोरा लक्ष्मीप्रसाद पञ्ँचसँंगै सूर्यविनायक नगरपालिका वडा नं ५ सर्यविनायकको नयाँं घरमा वस्दै आएका छन् ।